मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाल बैंक मात्र होइन, सबै बैंकका हालसम्मका पदाधिकारीमाथि अनुसन्धान आवश्यक

barnanmedia.com · Sat Feb 08 22:28:38 GMT 2025

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका अध्यक्ष डा चन्द्रबहादुर अधिकारी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा छन् । उनी दिनदिनै अख्तियारमा बयान दिन गइरहेका छन् । दिनभर अख्तियारको बयान कक्षमा बस्ने र साँझ मात्र फर्किने गरेका छन् । घर फर्किए पनि उनी अख्तियारको कडा निगरानी चलिरहन्छ । उनको कार्यकक्षमा अख्तियारले नै ताला लगाइदिएको छ ।

उनले बैंकबाट प्रवाह हुने कर्जामा कमिसन लिएको आरोप लागेको छ । अध्यक्ष अधिकारीले ठूला कर्जा प्रवाह गर्दा समयमा निर्णय नगर्ने, फाइल अनावश्यक अड्काइदिने, कमिसनका लागि बार्गेनिङ गर्ने गरिरहेको भन्दै अख्तियारमा उजुरी परेका थिए । तिनै उजुरीमाथि अनुसन्धान गर्ने क्रममा अख्तियारले बलिया प्रमाण भेटेपछि अधिकारीलाई बयानमा बोलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)