बागमती प्रदेशको परिषद्को पार्षदमा वरिष्ठ अधिवक्ता खनाल
barnanmedia.com · Sat Feb 08 22:38:15 GMT 2025

काठमाडौँ, २७ माघ : कानुन व्यवसायीको अनुगमन र नियमन गर्ने संस्था नेपाल कानुन व्यवसायी परिषद्को बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल विजयी हुनुभएको छ ।
परिषद्को बागमती प्रदेशको पार्षदका लागि प्रगतिशील, पेसागत, देशभक्त र समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता खनालले दुई हजार चार सय ४९ मत ल्याएर विजयी हुनुभएको बागमती प्रदेशको निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले जानकारी दिनुभयो । अर्का उम्मेदवार नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले एक हजार आठ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)