इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
kendrabindu.com · Fri May 29 07:19:10 GMT 2026

वासिङ्टन । तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ ।
तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन । अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अनुमोदन गर्ने वा नगर्ने विषय अझै स्पष्ट नभएको बताइएको छ । उनका अनुसार केही प्राविधिक तथा भाषागत बुँदाहरूमा छलफल जारी छ र अन्तिम सहमति अझै टुङ्गिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)