मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड’

corporatenepal.com · Mon Sep 14 01:52:55 GMT 2026

काठमाडौं । विराटनगरका व्यवसायी भीमप्रसाद घिमिरेलाई उद्योग तथा व्यापार क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको कदरस्वरूप ‘इन्डस्ट्रियल एन्ड बिजिनेस लिडरसिप एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ । कोशी प्रदेशमा उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको हो ।

सिजन मिडिया नेपालको १८औँ स्थापना दिवसका अवसरमा काठमाडौंस्थित होटेल हिमालयमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले घिमिरेलाई ट्रफीसहित अवार्ड प्रदान गरे ।​ सम्मानपत्रमा सामान्य तथा विपन्न पारिवारिक परिवेशबाट व्यावसायिक यात्रा सुरु गरेका घिमिरेले दृढ सङ्कल्प, निरन्तर परिश्रम, इमानदारी, दूरदृष्टि र सकारात्मक सोचका माध्यमबाट सफलता हासिल गरेको उल्लेख छ । उद्योग–व्यवसायसँगै शिक्षा, स्वास्थ्य, सामाजिक कल्याण र समुदाय विकासका क्षेत्रमा समेत उनले सक्रिय योगदान पुर्‍याउँदै आएको सम्मानपत्रमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)