मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मलेसियन कम्पनीलाई विमानस्थल

abhiyandaily.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको जिम्मा मलेसियन कम्पनीलाई दिइने भएको छ । नागरिक उड्डयन प्राधिकरणले मलेसियन एयरपोर्ट होल्डिङ वरहडलाई विमानस्थल सञ्चालनसम्बन्धी सम्पूर्ण अवस्था सुधार गर्ने जिम्मा दिन लागिएको जानकारी प्राधिकरणका महानिर्देशक केशव खनालले दिए । उनका अनुसार सो कम्पनीले विमानस्थलको प्रारम्भिक अवस्थाको अध्ययन गरिसकेको छ । अहिले नियामक र सेवप्रदायक दुवैको भूमिका आफैले गरिरहेको प्राधिकरणलाई फुटाएर दुईवटा छुट्टाछुट्टै संस्था बनाउने उहकार्य सुरू गरिएको जानकारी पनि खनालले दिए । त्यसपछि नियामक र उडान सम्बद्ध सेवा प्रदायकका लागि अलग अलग संस्था बन्नेछन् ।

नेपाल अनलाइनको एसएमएस सेवा बन्द

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)