न्युजिल्यान्डविरुद्ध इजिप्टले फर्कायो बराबरी गोल
nepalviews.com · Mon Jun 22 02:45:30 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को निकै प्रतिस्पर्धात्मक खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलमा एक गोलले पछि परेको अवस्थालाई सुधार्दै इजिप्टले खेललाई १-१ को बराबरी स्थितिमा ल्याएको हो।
सुरुवाती समयमै गोल खाएर दबाबमा परेको इजिप्ट खेलको ५८औं मिनेटमा खेलमा फर्कन सफल भयो। इजिप्टका फरवार्ड मोस्तफा जिकोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई राहत दिलाएका हुन्। उनी मोहम्मद हानीको क्रसलाई सदुपयोग गर्दै बललाई जाली चुमाउन सफल भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)