मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ

barnanmedia.com · Sat Feb 08 23:46:30 GMT 2025

काठमाडौँ, २७ माघ : बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।

सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो । निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमे काम छाडेका छन् । यसबाट स्थानीय तथा पर्यटकलाई समस्या भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सुचना अधिकारी नवीन विष्टले भन्नुभयो, “पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द गरिएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)