मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

जनकपुर साहित्य महोत्सव : मधेसको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन

barnanmedia.com · Sat Feb 08 23:48:42 GMT 2025

काठमाडौँ, २७ माघ : छैटौँ जनकपुर साहित्य महोत्सवअन्तर्गत शनिबारको विशेषसत्र ‘मधेसको मत’ले मधेसको राजनीति, जनचेतना र बदलिँदो सामाजिक संरचनाबारे गहन गन्थनमन्थन गरियो । सांसदहरु मनिष सुमन, योगेश भट्टराई र डा अमरेशकुमार सिंहले उक्त सत्रमा आफ्ना विचार व्यक्त गरेका थिए । तीनैजनाले मधेसको वर्तमान राजनीतिक अवस्थादेखि सामाजिक संरचनासम्मका विविध पक्षबारे उजागर गरे ।

सांसद सुमनले मधेसी जनतामा विद्यमान असन्तोष, राजनीतिक व्यवस्थाप्रतिको भरोसाको कमी र विकेन्द्रीकरणको क्रममा देखिएका अवरोधबारे विश्लेषण प्रस्तुत गर्दै भन्नुभयो, “मधेसमा अहिलेको सबैभन्दा ठूलो चुनौती राजनीतिक रूपमा सम्पूर्ण जनसमुदायलाई आवद्ध गर्नसक्ने नेतृत्वको अभाव हो । सङ्घीयता लागू हुँदा मधेसी समुदायको आकाङ्क्षा पूरा हुने विश्वास थियो । तर, वर्तमान अवस्था हेर्दा ती आकाङ्क्षा अझै परिपूर्ण भइसकेका छैनन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)