कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई कुलर हस्तान्तरण
baahrakhari.com · Fri May 29 07:21:55 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय कोटिहवामार्फत श्री पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ ।
बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेदनारायण भट्टराईलाई तीन थान कुलर हस्तान्तरण गरेका छन् ।
विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलर उपयोगी हुने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।
विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण भई विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन गर्न मद्दत पुग्ने अपेक्षा प्रधानाध्यापक भट्टराईले बताए ।
#कामना सेवा विकास बैंक
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)