बाबुआमासँगै बालबालिका पनि मुगलान
gorkhapatraonline.com · Sun Feb 09 00:07:35 GMT 2025

ललित बसेल
सुर्खेत, माघ २७ गते । सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कुल विद्यार्थी ८७७ जना छन् । विद्यालयको तथ्याङ्क अनुसार ८० जना विद्यार्थी विद्यालय नै आउँदैनन् । तीमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ सम्मका छन् । उनीहरू बाबुआमासँगै भारत (मुगलान) गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)