म्याग्दीमा कालिजपालनको लहर
ratopati.com
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२१ ले डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध लगाएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने कानुनी व्यवस्थासँगै पछिल्लो समय कालिज पाल्नेको लहर चलेको छ । केही वर्षअघिसम्म दुर्लभ मानिने कालिज (वनकुखरा) को मासु होटल, रेष्टुरेन्टदेखि व्यक्तिका भान्छामा सहजरूपमा उपलब्ध हुन थालेको छ ।
भारतीय गोरखा सैनिकबाट सेवानिवृत्त भएपछि व्यावसायिक कालिजपालन सुरुआत गर्नुभएका बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरे छोटो समयमै राम्रो व्यावसायिक सफलता मिलेको बताउँछन् । “पल्टनमा हुँदा दार्जिलिङमा कालिजपालन गरेको देखेर रुचि बढेको थियो”, उनले भने, “नेपालमा सरकारले कालिज पाल्न अनुमति दिएकाले पेन्सन आएलगत्तै व्यवसाय सुरु गरेको थिए ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)