मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्याजको मूल्य दुई सातामै दोब्बर

ekantipur.com · Fri Jun 16 00:47:21 GMT 2023

काठमाडौँ — कालीमाटी भित्रिने तरकारीले उपत्यकाको ६० देखि ७० प्रतिशत माग धान्छ । बाँकी बल्खु, बालाजु, कोटेश्वर, टुकुचा, चाबहिल, धुम्बाराही, कलंकी लगायतका बजारले पूर्ति गर्छन् । प्याज र आलुको माग भने झन्डै ८० प्रतिशत कालीमाटी बजारले नै पूर्ति गर्छ । ११ दिनयता भने कालीमाटी तरकारी बजारमा भारतीय प्याज र आलु भित्रिएको छैन ।

सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि केही व्यापारीले आलु–प्याज ल्याएका छैनन् । त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका छन् । आयातमै निर्भर भएको प्याजको मूल्य यतिबेला मनोमानी छ । बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ । यसअघि यी तरकारी तथा फलफूलमा भ्याट लाग्दैन थियो, अब १३ प्रतिशत भ्याट लाग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)