बागमती प्रदेशको चुनावबारे भ्रमपूर्ण समाचारप्रति पौडेलको आपत्ति
hamrakura.com · Fri Dec 03 00:00:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको अधिवेशन चलिरहेको छ । नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपक्षीय भिडन्तमा संस्थापन तर्फबाट ईन्द्र बानियाँ, इतर पक्ष (रामचन्द्र पौडेल) बाट जगदीश्वरनरसिंह केसी र कृष्ण सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् ।
शनिबार हेटौंडामा मतदानको कार्यक्रम रहेको छ । तर मतदान अगाडि नै केही मिडियामा पौडेल समूहका नेताहरुले आफ्नै समूहका नेतालाई मत नदिने भनी नाम उल्लेख नगरी समाचार आएपछि रामचन्द्र पौडेलको सचिवालयले भ्रमपूर्ण समाचार भन्दै आपत्ति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)