मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युजिल्यान्डविरुद्ध इजिप्टको सानदार विजय

baahrakhari.com · Mon Jun 22 03:01:38 GMT 2026

काठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा इजिप्टले न्युजिल्याण्डविरूद्ध सानदार जित दर्ता गरेको छ । समूह 'जी' को दोस्रो खेलमा इजिप्ट न्युजिल्याण्डविरुद्ध ३-१ ले विजयी भएको हो ।

विश्वकपमा इजिप्टले तीन गोल प्रहार गरेको यो पहिलोपटक हो । इजिप्टका लागि मुस्ताफा जिको, मोहम्मद सलाह र ट्रिजेगेले गोल गरे । खेलको पहिलो हाफको १४ औँ मिनेटमा फिन सुरमानले गोल गर्दा न्युजिल्याण्डले अग्रता लिएको थियो ।

५९ औँ मिनेटमा मुस्ताफा जिकोले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्‍याए । ६७ मिनेटमा सलाहको गोलमा इजिप्टले अग्रता लियो । ८१ मिनेटमा त्रिग्युयतको गोलपछि खेल ३-१ को नतिजामा टुंगिएको हो ।

जितसँगै इजिप्टले समूह 'जी' को तालिकामा चार अंक जोडेको छ । यसअघि बेल्जियमसँग १-१ को बराबरी खेल्दै इजिप्टले एक अंक जोडेको थियो । न्युजिल्याण्डसँगको जितसँगै टोलीले तीन अंक पाएको हो ।

#विश्वकप

#इजिप्ट

#न्युजिल्याण्ड

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय