अजरबैजानमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम : नेपालबाट निक्कीका उपाध्यक्ष सुनील केसी सहभागी
abhiyandaily.com
काठमाडौं (अस) । अजरबैजानको परराष्ट्र मन्त्रालयले विश्व कूटनीति सम्बन्धमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम आयोजना गरेको छ । यही नोभेम्बर १३ देखि नोभेम्बर २० सम्म अजरबैजानको एडीए युनिभर्सिटीमा आयोजित उक्त कार्यक्रममा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष सुनील केसीको सहभागिता रहेको छ ।
केसी एशियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स (एआईडीआईए)का संस्थापक एवं प्रमुख कार्यकारी अधिकृतका साथै नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेण्ट समिति अन्तर्गत थिंक ट्यांक समितिका सदस्य समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)