मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गर्ने तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, खान अयोग्य घोषित

nepalbahas.com · Fri May 29 07:30:57 GMT 2026

सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गर्ने तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, खान अयोग्य घोषित

१५ जेठ, काठमाडौं । सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्राण्डको तोरीको तेल खान अयोग्य प्रमाणित भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भएको भन्दै तेज ब्राण्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागका अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित तेज ब्रान्डको तोरीको तेल न्यून स्तरको भेटिएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्ड विपरीत भएको पाइएको छ । तेलमा गुणस्तर नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो ।

साथै सो तेलको बिक्री वितरण नगर्न पनि निर्देशन गरिएको विभागले जनाएको छ । फिर्ता गर्न भनिएको तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको तेज ब्रान्डको हो । उक्त तेलको ब्याच नम्बर २० रहेको, उत्पादन मिति २०८२ फागुन २८ तथा उपभोग्य अवधि ६ महिना उल्लेख गरिएको छ । उक्त उत्पादन रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको विभागले जनाएको छ ।

सिद्धार्थ आयल

तोरीको तेल

अयोग्य प्रमाणित

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

बजार अनुगमनमा मकवानपुर प्रशासन कडा, नियम उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

जेठ ६, २०८३ बुधबार

फिस्टेल डेरीको उत्पादन नोभा ब्रान्डको आईसक्रिम खान अयोग्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

जेठ ३, २०८३ आइतबार

कालीमाटी बजार : गोलभेँडा ८० पुग्दा अकबरे खुर्सानी प्रति किलो ८००

चैत ११, २०८२ बुधबार

नेपालबहस ट्रेन्डिङ

वीरगञ्जका मेयर राजेशमानविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार भए सिंह

नेपालबहस संवाददाता

जेठ १२, २०८३ मंगलबार

कीर्ते नागरिक शंकर साह हुण्डी कारोबारमा पक्राउ, भारतमा शम्भुकुमार साह–नेपालमा शंकर शाह ?

नेपालबहस संवाददाता

जेठ १४, २०८३ बिहिबार

सीडेनको चेतावनीः ‘उपेक्षा जारी रहे सम्बन्ध पुनर्विचार गर्छौं’

नेपालबहस संवाददाता

जेठ १३, २०८३ बुधबार

धितोपत्रको अध्यक्षका लागि सिफारिस नाममा स्वार्थ देखिएपछि बैठकमै कड्किएका थिए प्रधानमन्त्री

नेपालबहस संवाददाता

जेठ १२, २०८३ मंगलबार

Tweets by nepalbahas

लोकप्रिय

कीर्ते नागरिक शंकर साह हुण्डी कारोबारमा पक्राउ, भारतमा शम्भुकुमार साह–नेपालमा शंकर शाह ?

जेठ १४, २०८३ बिहिबार

गणतन्त्र दिवस २०८३ मूल समारोह मनाइरहेका बेला बेहोस भए ड्युटीमा रहेका जवान

जेठ १५, २०८३ शुक्रबार

स्याङ्जा न्यायिक समाजद्धारा न्यायाधीश श्रेष्ठको स्वास्थ्यलाभको कामना

जेठ १४, २०८३ बिहिबार

छुटाउनुभयो कि?

ट्रम्प–क्यारोल मुद्दा फेरि चर्चामा, नयाँ अनुसन्धान अघि बढ्यो

जेठ १५, २०८३ शुक्रबार

ओटीटी हिट ‘मिर्जापुर’ को थिएटर डेब्यु घोषणा

जेठ १५, २०८३ शुक्रबार

सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गर्ने तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन, खान अयोग्य घोषित

जेठ १५, २०८३ शुक्रबार

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

जेठ १५, २०८३ शुक्रबार

फिफा विश्वकपको सबैभन्दा महँगो टिकट १ करोड १२ लाख सम्मको !

जेठ १५, २०८३ शुक्रबार

आज रातिसम्म देशभर बदली र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

जेठ १५, २०८३ शुक्रबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय