चौथो सातामा ‘लालीबजार’ : देशभर पायो १ सय ६० शो
kalakarmi.com · Fri May 29 07:42:12 GMT 2026

काठमाडौं – गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि चौथो सातामा प्रवेश गरेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । फिल्मले देशभर एक सय ६० शो पाएको छ । पहिलो दिन एक सय ८० शो पाएको फिल्मले चौथो सातामा प्रवेश गर्दै झनै दर्शकको साथ पाएको छ । फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए ।
उनले भने, ‘हाम्रो कानूनी विवादले गर्दा फिल्म परिवारले हेर्न मिल्दैन की भन्ने दर्शकमा परेको रहेछ, त्यसैले पहिला धेरै दर्शक एक्लै हेर्न आउनुभयो । फिल्म त परिवारले नै हेर्नु पर्ने रहेछ भन्ने लागेपछि अहिले दर्शकहरू आफ्नो परिवार नै लिएर हल आउनुभएको छ । विहिबार मात्र हल भिजिटका क्रममा भक्तपुरमा एउटा १८ जना र अर्को १७ जनाको परिवार भेटका थियौँ, अहिले फिल्म हेर्न तीन पुस्ता नै हलमा आउनुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ