न्युजिल्यान्डविरुद्ध इजिप्टको सानदार विजय
barnanmedia.com · Mon Jun 22 03:08:22 GMT 2026
काठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा इजिप्टले न्युजिल्याण्डविरूद्ध सानदार जित दर्ता गरेको छ । समूह 'जी' को दोस्रो खेलमा इजिप्ट न्युजिल्याण्डविरुद्ध ३-१ ले विजयी भएको हो ।
विश्वकपमा इजिप्टले तीन गोल प्रहार गरेको यो पहिलोपटक हो । इजिप्टका लागि मुस्ताफा जिको, मोहम्मद सलाह र ट्रिजेगेले गोल गरे । खेलको पहिलो हाफको १४ औँ मिनेटमा फिन सुरमानले गोल गर्दा न्युजिल्याण्डले अग्रता लिएको थियो ।