आन्तरिक पर्यटकको रोजाइमा हाटखोली
gorkhapatraonline.com · Mon Jun 22 03:25:36 GMT 2026

कैलालीको गोदावरी नगरपालिका–४ स्थित चुरेभाँवर क्षेत्रमा रहेको हाटखोली आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
प्रदेशको अस्थायी राजधानी धनगढीबाट २० किलोमिटरको दुरीमा रहेको हाटखोली तराईवासीको रोजाइमा परेको हो । उखरमाउलो गर्मीबाट छुटकारा पाउनका लागि धनगढीसहित कञ्चनपुर, कैलालीका स्थानीय हाटखोली पुग्ने गरेका छन् । हाटखोली पुगेर उनीहरू मूलको चिसो पानी र खोलामा डुबुल्की लगाउँदै आनन्द लिने र वनभोजमा रमाउने गरेका छन्
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)