रातारात एसएमएस ओटीपी थपेर पुनः सुरु भयो अनलाइनबाटै राष्ट्रिय परिचयपत्र डाउनलोड गर्ने सुविधा
techpana.com · Mon Jun 22 03:19:55 GMT 2026

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रोभिजनल राष्ट्रिय परिचयपत्र (ई-एनआईडी) डाउनलोड गर्न सकिने सुविधामा सुरक्षा फिचर सुधार गरी पुनः लाइभ गरेको छ । पर्याप्त प्रमाणीकरणबिनै संवेदनशील कागजातमध्येको एक ई-एनआईडी डाउनलोड हुने भन्दै आलोचना भएपछि विभागले यसमा एसएमएस ओटीपी (वन टाइम पासवर्ड) प्रमाणीकरण पनि गर्नुपर्ने फिचर थपेकाे हो ।
यसअघि राष्ट्रिय परिचयपत्र डाउनलोड गर्दा व्यक्तिको जन्ममिति, नाम र नागरिकता जारी मिति भए पुग्ने अवस्था थियो । टेकपानाले आइतबार एक रिपोर्ट प्रकाशन गर्दै देशकै उच्चपदस्थ व्यक्तिदेखि राष्ट्रिय परिचयपत्र पाएका जोकोही नेपालीको ई-एनआईडी डाउनलोड गर्न सकिने भन्दै गम्भीर सुरक्षा कमजोरी र डेटा गोपनीयताको विषय उठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)