धनुषाको जनकपुरधाम थापा होटलबाट पेस्तोलसहित दुई जना पक्राउ
barnanmedia.com · Sat Jun 27 10:38:02 GMT 2026

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल, म्यागजिन र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाका आधारमा होटलमा जाँच गर्दा गैरकानुनी रूपमा राखिएका हतियार बरामद गरेको हो। प्रहरीले होटलबाट ‘ईगल र्याप्टर’ लेखिएको, काठको बिँड जडान भएको एक थान पेस्तोल, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएम लेखिएको गोली एक थान तथा ७.६५ एमएम लेखिएको गोली तीन थान बरामद गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
मधेस प्रदेश