फ्रान्समा अत्यधिक गर्मीपछि ‘रेड अलर्ट’
barnanmedia.com · Mon Jun 22 03:21:46 GMT 2026

काठमाडौं । फ्रान्सका केही भागमा बढ्दै गएको अत्यधिक गर्मीलाई ध्यानमा राख्दै सरकारले आपतकालीन सेवा र सेनालाई जंगलमा लाग्ने आगलागीको जोखिमबारे उच्च सतर्कतामा राखेको छ। साथै सार्वजनिक स्थानमा मदिरा सेवनमा रोक लगाइएको छ र केही बाहिरी खेलकुद कार्यक्रमहरू पनि रद्द गरिएको छ।
फ्रान्सको करिब एक–तिहाइ भूभाग अहिले राष्ट्रिय मौसम सेवाको ‘रेड अलर्ट’ अन्तर्गत परेको छ । आइतबार केही क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको थियो भने सोमबार अझै बढी गर्मी बढ्ने चेतावनी दिइएको छ। देशमा वातानुकूलनको प्रयोग कम भएकाले गर्मीको असर अझै गम्भीर देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
मौसम