गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतन्याहुको आदेश
nepalpress.com · Fri May 29 08:00:52 GMT 2026

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार गाजाका थप क्षेत्रहरू कब्जा गर्न सेनालाई निर्देशन दिएको बताएका छन्।
समाचार संस्था रोयटर्सका अनुसार नेतन्याहुले सुरुआती लक्ष्य प्यालेस्टिनी क्षेत्रको ७० प्रतिशत भागमा नियन्त्रण कायम गर्नुरहेको बताएका छन्।
यो कदम अक्टोबर २०२५ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको सर्तविपरीत मानिएको छ।
गाजाको जनसंख्या पहिले नै समुद्री किनारसँगै रहेको अत्यन्तै सानो क्षेत्रमा खुम्चिएर बस्न बाध्य भएको छ।
अनुमानअनुसार इजरायलले गाजा पट्टीको करिब ६४ प्रतिशत भागमा प्रभावकारी नियन्त्रण कायम गरिसकेको छ।
सन् २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि सुरु भएको इजरायलको दुई वर्ष लामो सैन्य अभियानका कारण यो सानो तटीय क्षेत्रको ठूलो हिस्सा भग्नावशेषमा परिणत भइसकेको छ।
Kathmandu. Israeli Prime Minister Benjamin Netanyahu said on Thursday that he has instructed the military to seize additional areas of Gaza.
According to Reuters, Netanyahu said the initial goal is to control 70 percent of Palestinian territory.
This move is considered to be contrary to the terms of the ceasefire agreement between Israel and Hamas in October 2025.
Gaza's population is already crammed into a very small area along the coast.
According to estimates, Israel has established effective control over about 64 percent of the Gaza Strip.
Much of this small coastal area has been reduced to rubble by Israel's two-year military campaign, which began after Hamas attacks on southern Israel in 2023.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)