धुपीको अवैध कटान
gorkhapatraonline.com · Mon Jun 22 03:33:59 GMT 2026

जुम्लाको पर्यटकीय गन्तव्य गिडीदहतर्फ जाने बाटोमा पर्ने फुलचौल्या पाटन क्षेत्रका धुपीका रुख व्यापक रूपमा कटान भएको पाइएको छ । तातोपानी गाउँपालिका–४ अन्तर्गत पर्ने उक्त क्षेत्रमा अवैध रूपमा रुख कटानी भएको छ । प्राकृतिक रूपमा पनि सुक्ने क्रम बढेपछि वनक्षेत्र सङ्कटमा परेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले फुलचौल्या पाटनमा रहेका अधिकांश धुपीका रुख जथाभाबी काटिएको बताउनुभयो । वन विनाश रोक्नका लागि पटक पटक डिभिजन वन कार्यालयलाई जानकारी गराइएको छ । वडाको टोली र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गस्ती गर्ने र अनुगमन गर्ने गरिएको छ भने रुख काट्ने कार्यमा संलग्नलाई रसिद काटेर कारबाही प्रक्रियासमेत अगाडि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)