न्याय र प्रमाण कुर्दाकुर्दै बिते २२ दिन
nagariknews.nagariknetwork.com · Wed May 13 05:31:22 GMT 2026

सिन्धुलीको सुनकोसी-३ की विन्दामाया विकलाई छोराको मृत्युको घाउले जति दुखेको छ, त्योभन्दा बढी राज्यबाटै भएको अन्यायले दुखेको छ। कसैले घटनाका बारेमा सोध्यो कि उनी झर्कन्छिन्। मंगलबार नागरिक पुग्दा उनी यस्तै स्थितिमा भेटिइन्।
वैशाख ७ गते सिन्धुली फुर्कोटस्थित प्रहरी हिरासतमा रहेका २२ वर्षीय छोरा श्रीकृष्ण विकको मृत्यु भएको खबर सुनेपछि उनको यो अवस्था आएको हो। घटना भएको २२ दिन बितिसक्दा पनि मृत्यु हुनुको प्रमाण तथा कारण पाउन नसकेपछि विकसहित आफन्त माइतीघरमा गत वैशाख १२ देखि धर्नामा छन्। उनीहरू बुधबार पनि धर्नामै भेटिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)