पर्याप्त समय नसुतेमा के हुन्छ ?
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ । यस अध्ययनका लागि अध्ययनकर्ताहरुले २२ हजार ७ सय २६ वयस्क व्यक्तिमाथि परीक्षण गरेको थियो ।
यस अध्ययनबाट जो व्यक्ति कम सुत्छन् उनको इम्यून सिस्टम कमजोर हुन्छ र उनलाई रुघाखोकी, ज्वरो जस्ता रोगले सजिलै समात्ने गरेको पत्ता लागेको छ । त्यतिमात्र नभई निद्रा पुरा भएन भने टाउको दुख्ने, आँखा पोल्ने पनि हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)