बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दै
nepalviews.com · Fri May 29 08:10:00 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।
दिउँसो साढे २ बजे बस्ने बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्ने बजेटलाई अन्तिम स्वीकृति दिनेछ ।
मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि आजै संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ बजेटबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि बैठकले बजेट पास गर्नेछ । पास भएपछि संसद्मा अर्थमन्त्रीबाट बजेट वाचन हुनेछ । बजेट वाचनसँगै संसद्मा टेबुल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)