मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा टिपरमा च्यापिएर एक युवकको मृत्यु

onlinekhabar.com · Mon Jun 22 03:40:19 GMT 2026

८ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका- १२ ज्याम्दीमा टिपरमा च्यापियर एक युवकको मृत्यु भएको छ ।

बालुवा लोड गर्ने क्रममा दुई टिपरको बीचमा च्यापियर पाँचखाल नगरपालिका-८ होक्से घर भई हाल पाँचखाल-४ तामाघाट बस्दै आएका १९ वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन बिष्टले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)