मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उच्च रक्तचाप नियन्त्रण कसरी गर्ने ?

annapurnapost.com · Fri May 29 08:18:23 GMT 2026

उच्च रक्तचाप (हाइपर टेन्सन) विश्वव्यापी रूपमा एक गम्भीर जनस्वास्थ्य समस्याको रूपमा स्थापित भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हाल विश्वभर करिब १ दशमलव ४ अर्ब मानिसहरू उच्च रक्तचापबाट प्रभावित छन्। र, यो संख्या निरन्तर बढ्दो छ। प्रभावित व्यक्तिहरूमध्ये पनि ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनविज्ञ रहेका छन्। विभिन्न उपायद्वारा उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै पनि करिब चार जनामध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहनु चिन्ताको विषय रहेको छ।

दक्षिण एसियाली क्षेत्रमा उच्च रक्तचाप गम्भीर समस्याको रूपमा रहेको छ। त्यसैगरी, नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ। यसरी हुने मृत्युहरूमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूबाट मात्रै २७ दशमलव ३६ प्रतिशत मृत्यु हुने गरेको छ। जसको प्रमुख कारण उच्च रक्तचाप हो। नसर्ने रोगको जोखिम कारकसम्बन्धी राष्ट्रिय सर्वेक्षण २०७६/०७७ अनुसार पनि नेपाली वयस्कहरूमा उच्च रक्तचापको दर २४ दशमलव ५ प्रतिशतरहेको पाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)