प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’
rajdhanidaily.com · Thu Jun 13 23:18:03 UTC 2024
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले यस्तो आरोप लगाएका हुन् ।
‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’ उनले प्रश्न गरे । अध्यक्ष साहले सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् भनेर प्रश्न गर्दै भने, ‘सहकारी पीडितले न्याय पाउँछन् कि पाउँदैनन् ? अनि सहकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन् ?’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)