मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इरिक्सनको स्वास्थ्य अवस्था स्थिर, अस्पताल लगियो

kharibot.com · Sat Jun 12 17:45:00 GMT 2021

काठमाडौँ । डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ ।

फिनल्याण्डबिरुद्धको खेलको क्रममा मैदानमा ढलेका इरिक्सनलाई अहिले कोपनहेगनस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको युइएफएले बताएको छ । त्यस्तै डेनमार्कको फुटबल एसोसियसनले इरिक्सनको अहिले होस् आएको र उनको राष्ट्रिय अस्पताल,आ उपचार भइरहेको जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)