मृतकको खरानी राखेर टाटु बनाउने लोकप्रिय कलाकार
baahrakhari.com · Tue May 24 22:45:00 GMT 2022
लसएन्जेल्स । अमेरिकाको क्यालिफोनिर्या निवासी एकजना टाटु बनाउने कलाकारले आफ्नो कुकुरको मृत्युको कारण अत्यन्तै दुखी भएका व्यक्तिहरूका छालामा टाटु खोप्ने क्रममा टाटुको मसीमा ती कुकुरको खरानी मिसाइ दिएकी छन् ।
दुई वर्षदेखि ह्यान्डपोक टाटु बनाउने काममा पूर्णकालीन कामदारको रूपमा काम गर्दै आएकी कलाकार क्याट ड्युक्सले यस अनौठो तरिकाको वकालत गर्दै शताब्दियौँदेखि यसरी पनि टाटु भर्ने चलन चल्दै आएको बताएकी छन् । उनले यो विधि आफैँमा पनि प्रयोग गरिसकेको बताउँछिन् । उनले आफ्नो स्वर्गीय पिताको शवको खरानी राखेर यसरी नै टाटु खोपेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)