बजेट तयारीमा जुटे स्थानीय तह
gorkhapatraonline.com · Mon Jun 22 03:58:03 GMT 2026

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट निर्माणको अन्तिम तयारीमा गुल्मीका स्थानीय तह जुटेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकासहित १२ वटै स्थानीय तह यतिबेला वार्षिक नीति तथा कार्यक्रम तथा बजेट तर्जुमामा व्यस्त रहेका हुन् ।
केही स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् भने कतिपयले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)