मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तस्वीरमा हेर्नुस् फेवाताल

nepalviews.com · Fri May 29 08:36:10 GMT 2026

काठमाडौं । फेवाताल पर्यटकीय नगरी पोखराको प्रमुख र प्रसिद्ध ताल हो । यो ताल नेपालको दोस्रो ठूलो र पर्यटक दृष्टिले सबैभन्दा महत्त्वपूर्ण ताल हो ।

तालको मध्यभागमा तालबाराही मन्दिर अवस्थित छ । जुन पोखराको सांस्कृतिक र धार्मिक गहना हो ।

फेवा तालमा डुंगा सयर अत्यन्तै लोकप्रिय छ । तालमा डुंगा चढेर बिहानी र सन्ध्याकालीन दृश्य हेर्नु वा तालबाराही मन्दिरसम्म पुग्नु यहाँ आउने हरेक पर्यटकका लागि अविस्मरणीय अनुभव हुन्छ ।

फेवातालको पानीमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ, जुन यसको सबैभन्दा चर्चित र मनमोहक दृश्य हो ।

सूर्योदय वा सूर्यास्तका बेला तालको छेउमा बस्दा प्रकृतिको मौन सौन्दर्य गहिरो अनुभूति दिलाउँछ ।

हेरौं तस्वीरहरू -

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय