लागु औषधसहित एक जनप्रतिनिधि पक्राउ
ajakoartha.com · Mon Jun 22 04:04:00 GMT 2026

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित एक वडा सदस्यलाई पक्राउ गरेको छ ।
शनिबार (असार ६) उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही वडाकी वडा सदस्य रूपा जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिए ।
उनको शरीर खानतलासी गर्दा दाहिने कोखामुनि कालो प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रोमेथाजिन हाइड्रोक्लोराइड सुई १५ र बुप्रेनोर्फिन हाइड्रोक्लोराइड सुई १५ गरी जम्मा ३० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
जैरूमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)