छोटो दूरीको हेटौँडा–काठमाडौँ सडक एक महिना बन्द
gorkhapatraonline.com · Fri May 29 08:48:52 GMT 2026

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको फर्पिङ–हुमाने–फाखेल–कुलेखानी सडक एक महिनाका लागि बन्द हुने भएको छ ।
उक्त सडकको इन्द्रसरोवर गाउँपालिका–२ मा सडक ढलान गर्ने कार्य सुरु भएकाले शुक्रबारदेखि एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका–२ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको र सडक ढलानसमेत सुरु गरिएकाले सवारी साधन आवतजावत बन्द गरिएको पूर्वाधार विकास कार्यालय, हेटौँडाका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)