रोमानियामा खस्यो रुसी ड्रोन
gorkhapatraonline.com · Fri May 29 08:44:22 GMT 2026

युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ । युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन् । घटनापछि रोमानियाले नाटोसँग थप एन्टी-ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।
रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी गरिएको थियो । त्यसपछि उक्त ड्रोन पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो । घटनामा दुई जनालाई सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)