कम्बोडियाले गर्यो ६०२ नेपालीको जरिबाना मिनाहा
onlinekhabar.com · Fri May 29 08:37:37 GMT 2026

१५ जेठ, काठमाडौं । कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो ।
भिसा शुल्क मिनाहा भएकामध्ये अझै ३०२ जना नेपाली कम्बोडियामै छन् । अब उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरूलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)