मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता : सभापति चौधरी

baahrakhari.com · Fri May 29 08:45:31 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार राष्ट्रपतिको सरकारी निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कृषिलाई परम्परागत पेसाका रूपमा नभई सम्मानित, आधुनिक र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको समेत बताए । उनले नेपालको भौगोलिक विविधताले कृषि क्षेत्रमा अपार सम्भावना सिर्जना गरेको उल्लेख गर्दै आधुनिक प्रविधि, वैज्ञानिक व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमार्फत कृषि उत्पादन वृद्धि गर्न सकिने धारणा राखे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)