मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसपालि पनि सकिएन लोकमार्गको सास्ती

nagariknews.nagariknetwork.com · Mon Jun 22 04:15:22 GMT 2026

नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने अवधारणा अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण थालियो। तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/६६ को मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बजेट विनियोजन गरेका थिए। मध्यपहाडी लोकमार्ग बागलुङ प्रवेश गर्ने मालढुङ्गादेखि पूर्वी रुकुम जोड्ने पातीहाल्नेसम्म करिब १४० किलोमिटर बागलुङमा पर्छ।

नेपालको नक्सा जस्तो बनेर दक्षिण पश्चिम फैलिएको बागलुङ जिल्लाका ६ वटा स्थानीय तहलाई लोकमार्गले छुन्छ। मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजनाको रूपमा साविक बागलुङ - बुर्तिबाङ सडकखण्ड नै भएर जाने भएपछि बागलुङमा सबैभन्दा छिटो काम हुने र यसले यहाँको आर्थिक सामाजिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको थियो। अहिलेसम्म पनि लोकमार्गको बागलुङ खण्डमा सडकको दुरवस्थाले गर्दा नागरिक र यात्रुले सास्ती खेप्नेक्रम सकिएको छैन। बागलुङ खण्डमा पर्ने अधिकांश सडक धेरै अगाडि कालोपत्र भइसकेको छ भने कतिपय ठाउँमा पुनः मर्मत समेत गरि सकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)