निजामती प्रशासनको विकृति : अनुभव एकातिर, जिम्मेवारी अर्कोतिर
annapurnapost.com · Wed Jul 20 00:37:00 GMT 2022
काठमाडौं : सत्ता र शक्तिको आडमा अनुभवविहीन कर्मचारी च्याप्ने प्रवृत्ति पनि बढ्दै गएको छ। मन्त्री हेरफेर हुनेबित्तिकै आफू अनुकुलका कर्मचारी छानीछानी ल्याउने र पुरानालाई हटाउन गरिन्छ। कर्मचारीको क्षमता, दक्षता र अनुभवलाई नहेरी सत्ता र शक्तिको आडमा मनपरी रूपमा कर्मचारी सरुवा गर्ने गरिएको छ।
आर्थिक विषयमा जानकारी नभएका कर्मचारीलाई अर्थ मन्त्रालयमा मुख्य जिम्मेवारी दिइएको छ। गृहका कर्मचारी अर्थमा, अर्थका कर्मचारीलाई खानेपानी र सञ्चार मन्त्रालयमा लगिएका छन्। सम्बन्धित क्षेत्रका विज्ञहरूलाई भने अतिरिक्तमा लगेर थन्क्याउने गरिएको छ। लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली कुनै एउटा क्षेत्रमा दक्ष बनाउँदै लग्नुपर्नेमा आफू अनुकूल नभए सरुवा गरिदिने खराब परिपाटी चलिरहेको बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)