प्रथम गायक रिमालको प्रतिमा अनावरण गरिने
newsofnepal.com · Mon Sep 14 03:39:00 GMT 2026

रेडियो नेपालका प्रथम गायक तथा महान् रंगकर्मी एवं अभिनेता स्वर्गीय हरिप्रसाद रिमालको १०२औ“ जन्मजयन्तीमा आगामी असोज २ गते शुक्रवार रिमालको अर्धकदको प्रतिमा अनावरण गरिने भएको छ।
हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत तथा सञ्चार सेवा सम्मान तथा पुरस्कारसमेत प्रदान गरिनेछ। राजधानीको मध्यवानेश्वरस्थित रिमालकै निवासमा आयोजना हुने कार्यक्रममा कला तथा सञ्चार क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिने प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)