‘विदेशमाजस्तो दुःख गरे स्वदेशमा मनग्य आम्दानी गर्न सकिन्छ’
baahrakhari.com · Sun Jan 30 01:07:00 GMT 2022
गलकोट । गाउँ छाडेर जापान जाने गलकोटे युवाको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालन सुरु गरेका छन् । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेतले आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थालेका हुन् ।
गाउँका युवाको लहैलहैमा जापान पुगेका उनी अहिले गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थालेका हुन् । आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुगेका उनले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्यो । विदेशमा निकै दुःख गरेका उनले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । उनले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)