ढोरपाटनको मौलिकता भयो विकास, थपियो चुनौती
gorkhapatraonline.com · Mon Sep 14 03:44:50 GMT 2026

नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष आसपासका बस्तीमा परम्परागत रूपमा ढुङ्गामाटोले बनेका घरलाई काठका फलेकले छाउने चलन छ । खोलाखोल्सीमा पनि काठका ससाना पुलपुलेसा राखिन्छ । पशुचरन गर्ने पाटनमा घाँस नकाट्ने अझै चलन छ ।
रासायनिक मल भित्रिन नदिन रैथाने अन्नबालीमा कम्पोस्ट मल मात्रै प्रयोग गरिन्छ भने ढोरपाटनवासीले अहिले पनि आँटो–ढिँडो खाने प्रचलनलाई कायम राखेका छन् । लेकाली भेडा र गाई पाल्ने स्थानीयले प्याकेटका सामान खासै रुचाउँदैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)