मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पब्जी मोबाइल सुपर लिग तेस्रो साताको फाइनल चरणका खेल शुक्रबारदेखि सुरु

barnanmedia.com · Thu Jun 13 23:52:09 UTC 2024

नेपालमै भइरहेको ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४’ अन्तर्गत तेस्रो साताको फाइनल चरणका खेल आजदेखि सुरु हुँदैछन् । यसअघि लिग चरणको खेल भएकोमा त्यसबाट छनाेट भएका उत्कृष्ट १६ टिम फाइनल चरणमा भिड्दैछन् ।

फाइनल चरणको खेल १ असारसम्म चल्नेछ । यसअघि भएको लिग चरणमा फोर एमभी टिम पहिलाे भएको थियो । त्यसमा नेपाली टिम डीआरएस गेमिङ चौंथो र होरा ई-स्पोर्ट्स सातौं भएको थियो । यो प्रतियोगितामा नेपाल, बङ्गलादेश, पाकिस्तान, उज्वेकिस्तान, युक्रेन, रसिया र मङ्गोलियाका टिमसहित कुल १६ टिम खेल्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)