मोनोरेलको सम्भाव्यता अध्ययन
gorkhapatraonline.com · Mon Jun 22 04:35:49 GMT 2026

सुनसरीको वराहक्षेत्र–१ मा रहेको गुप्तवराह मन्दिर क्षेत्रमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन थालिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ सालको बजेटमा मोनोरेलका लागि बजेट छुट्याइएपछि प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरिएको बताइएको छ । गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार प्रारम्भिक अध्ययन थालिएको बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस क्षेत्रमा कोरियाबाट आएका मोनोरेल विज्ञको टोलीले मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको जनाइएको छ ।
साबिक वराहक्षेत्र मन्दिर जाने सडकबाट करिब चार सय मिटर तल रहेको गुप्तवराह मन्दिरसम्म पुग्ने भौगोलिक अवस्थालाई ध्यानमा राख्दै मोनोरेल निर्माणको अवधारणा अघि सारिएको बताइएको छ । प्रारम्भिक अध्ययन अनुसार प्राविधिक पक्ष, पूर्वाधार आवश्यकताहरू, लागत अनुमान तथा सञ्चालन मोडेलबारे विस्तृत छलफल भइरहेको श्रेष्ठले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
कोसी प्रदेश