नदीले काटेको जमिनमा व्यावसायिक खरबुजा खेती
annapurnapost.com · Fri May 29 09:07:00 GMT 2026

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघि नदी कटानका कारण उपयोगविहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्गानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गरेका हुन् ।
गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब ३ हजार केजीभन्दा बढी उत्पादन भएको कृषक चौधरीले बताए । विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ । आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगासम्म पुर्याउने योजना पनि उनले बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)