ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
annapurnapost.com · Mon Jun 22 04:38:06 GMT 2026

काठमाडौं : चितवन भरतपुर महानगरपालिका - १५ मा ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ।
दुर्घटनामा भरतपुर महानगरपालिका २६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका २० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएको र उपचारको क्रममा बिहान २:४० बजे मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)