मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विस्थापित हुँदै माझी समुदायको पेसा

gorkhapatraonline.com · Mon Jun 22 04:47:35 GMT 2026

धनकुटाको तमोर र कोशीको तल्लो भूभागमा अधिकांश क्षेत्रमा माझी समुदायको बसोबास रहेको छ । उनीहरूको मुख्य पेसा भनेकै नदीमा माछा मारेर दैनिक जीविकोपार्जन गर्ने रहेको छ तर पछिल्लो केही समययता नदीमा माछा पाइन छाडेपछि उनीहरूले दैनिक जीविकोपार्जन गर्दै आएको माछा मार्ने पेसा पछिल्लो समय सङ्कटमा पर्दै आएको छ ।

विशेष गरी धनकुटा तल्लो भूभाग तमोर र कोशी माझी समुदायको बसोबास रहेको छ । चौबिसे गाउँपालिका–४ र ५ नम्बर वडामा माझी समुदायमा बस्ने गर्दछन् । यस क्षेत्रको भैँसेटार, डिहिटार र फलामेटारमा उनीहरूको समुदायको बसोबास रहेको पाइन्छ । उनीहरू पुर्खौंपुर्खादेखि अपनाइरहेको मुख्य पेसा माछा मारेर दैनिक जीविकोपार्जन गर्ने रहेको छ तर अहिले भने तमोर नदीमा माछा पाइन छाडेपछि मुख्य पेसा नै विस्थापित हुँदै गएको उनीहरू बताउँछन् । माझी समुदाय नदीको छेउ किनारमा बस्दै आएका सीमान्तकृत जातिमा पर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)