मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवकासको ४० दिनअघि एआईजी रवीन्द्रले दिए राजीनामा

nagariknews.nagariknetwork.com · Sun Feb 09 13:50:35 GMT 2025

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालयको दबाबपछि उनले राजीनामा दिन बाध्य भएको स्रोतले जनाएको छ।

गृह मन्त्रालयको निर्देशनमा चैत ५ गते अवकाश पाउन लागेका डिआइजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई राजीनामा दिन लगाइएको स्रोतको दाबी छ। ‘एआईजी बढुवा हुने बेलामै उनलाई राजीनामा दिनुपर्ने सर्त राखिएको रहेछ,’ एक उच्च प्रहरी अधिकारीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)